परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-04-13
परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक १२९.४५ अंकले बढ्दै १११८३.१६ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ९५.२४ अ.कले बढ्दै १३१५२.०६ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य २.९५ प्रतिशतले बढ्दै प्रतिकित्ता ५९४ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य १.०४ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको सुधार आयो। परिसूचक ३०.२४ अंकले बढ्दै २४१५.२४ बिन्दुमा पुग्यो। यो दिन बजारमा २२९ कम्पनीका ३३ लाख ९८ हजार ६४३ कित्ता सेयर १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपेयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक १७.५५ अंकले बढेको आज व्यापार १०.८४,होटल ४८.६९,विकास बैंक ६२.६५,हाइड्रो २५.७१,वित्त १५.९,उत्पादन तथा प्रशोधन ६२.९८,अन्य ४१.८३,लघुवित्त १०१.५१,म्युचुअल फन्ड ०.०७ र लगानी उपसूचक ०.५७ अंकले बढ्यो। 

आज नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै आरएमडीसी लघुवित्तको सेयरमूल्य ८.९८,राष्ट्र उत्थान लघुवित्तको ७.१९ र मिथिला लघुवित्तको सेयरमूल्य ६.४९ प्रतिशतले बढ्यो। 

त्यस्तै आज युनाइटेड इदी मर्दीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य २.०८ प्रतिशतले घट्यो। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो। यो कम्पनीको आज ८ करोड ४३ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: