परिसूचकमा उछाल,बीमातर्फ जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-04-24
परिसूचकमा उछाल,बीमातर्फ जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४३४.३७ अंकले बढ्दै १०९६१.९३ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ४२३.३७ अंकले बढ्दै १३०३५.९३ बिन्दुमा पुग्यो।

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ९.२८ प्रतिशतले बढ्दै प्रतिकित्ता ५६४ रुपैयाँ कायम भयो। त्यस्तै आज प्रडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य ७.८९ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ६.७१ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको उछाल आयो। परिसूचक ९५.४६ अंकले बढ्दै २४२०.९१ बिन्दुमा पुग्यो। यो दिन २३८ कम्पनीका ६६ लाख ३९ हजार ५०४ कित्ता सेयर २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ४२.१२ अंकले बढेको आज व्यापार २२.७९,होटल ८४.९३,विकास बैंक २६२.३७,हाइड्रो १८९.०८,वित्त १४३.६७,उत्पादन तथा प्रशोधन १५६.४६,अन्य ८८.७६,लघुवित्त १७९.४२,म्युचुअल फन्ड ०.३१ र लगानी उपसूचक ४.३१ अंकले बढ्यो। 

आज नेशनल हाइड्रोपावर,वेष्ट फाइनान्स कम्पनी,श्री इन्भेष्टमेन्ट फाइनान्स,जानकी फाइनान्स,अरुण भ्याली हाइड्रोपावर,मञ्जुश्री फाइनान्स,खानीखोला हाइड्रोपावर,घलेम्दी हाइड्रो,युनिभर्सल पावर र हिमाल दोलखा हाइड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। 

त्यस्तै आज नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य २.८५ प्रतिशतले घट्यो। 

यो दिन सानिमा बैंकको संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भयो। आज सानिमा बैंकको संस्थापक सेयरको २२ करोड बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: