परिसूचकमा सामान्य अंकको वृद्धि,बीमातर्फ रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-04-27
परिसूचकमा सामान्य अंकको वृद्धि,बीमातर्फ रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक 
३०.६९ अंकले बढ्दै १०७४२.३७ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ०.२४ अंकले उकालो लाग्दै १२७४१.०१ बिन्दुमा पुग्यो। 
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य २.३६ प्रतिशतले बढ्दै प्रतिकित्ता ४९९ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भयो। परिसूचक ५.१७ अंकले बढ्दै २३७६.१७ बिन्दुमा पुग्यो। यो दिन २२८ कम्पनीका २८ लाख ८५ हजार ०३८ कित्ता सेयर १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ०३६ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ९ वटा उपसूचकमा हरियाली छायो भने अन्य ४ वटा उपसूचकमा रातो पोतियो। होटल उपसूचक ३६.७४ अंकले बढेको आज विकास बैंक ७५.०१,हाइड्रो १४,वित्त १४.४९,उत्पादन तथा प्रशोधन २२.३४,अन्य ११.३ र लगानी उपसूचक ०.३ अंकले बढ्यो। 

आज बैंकिङ उपसूचक २.८५,व्यापार ५.३९,लघुवित्त ३.५५ र म्युचुअल फन्ड ०.१ अंकले घट्यो। 

आज जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। 

त्यस्तै आज माउन्टेन इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात ३.१८ प्रतिशतले घट्यो। 

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ५ करोड २१ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: