परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-05-02
परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३४२.२५ अंकले ओरालो लाग्दै १२२५३.१० बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २१८.६३ अंकले घट्दै १०४८२.४० बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज एनएलजी इन्स्योरेन्सको सेयरमूल्य १.०७ प्रतिशतले बढ्दै प्रतिकित्ता ७५८ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो। सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य आज ५.४८ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ४८.७३ अंकले ओरालो लाग्दै २३०७.४४ बिन्दुमा झर्यो। यो दिन बजारमा २२८ कम्पनीका ३९ लाख ७८ हजार ०७९ कित्ता सेयर १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक १६.२६ अंकले घटेको आज व्यापार ३०.१३,होटल ११४.७२,विकास बैंक १२७.३३,हाइड्रो ९५.७९,वित्त ७४.४४,उत्पादन तथा प्रशोधन ११२.७४,अन्य ६१.१,लघुवित्त ६९.०७,म्युचुअल फन्ड ०.१ र लगानी उपसूचक १.७२ अंकले घट्यो। 

आज जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो। 

त्यस्तै आज नेपाल फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो। 

यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ४ करोड ७३ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: