परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-05-08
परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३८.५८ अंकले बढ्दै ११७८२.९६ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ९.४९ अंकले उकालो लाग्दै १००१६.९० बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज ज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य ६.२१ प्रतिशतले बढ्दै प्रतिकित्ता ५३० रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज एशियन लाइफको सेयरमूल्य ३.५४ प्रतिशतले घट्दै प्रतिकित्ता ७०९ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको सुधार आयो। परिसूचक १७.९५ अंकले बढ्दै २२५६.५७ बिन्दुमा  पुग्यो। यो दिन बजारमा २३३ कम्पनीका ३३ लाख ४१ हजार २१४ कित्ता सेयर १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ रुपैयाँमा किनबेच भयो। 

आज दुईवटा उपसूचक बाहेक अन्य सबे उपसूचकमा हरियाली छायो। व्यापार उपसूचक ४.९१ अंकले बढेको आज होटल ७१.९७,विकास बैंक १०८.६२,हाइड्रो ६६.४,वित्त ५३.५६,उत्पादन तथा प्रशोधन ११.५७,अन्य ३५.८६,म्युचुअल फन्ड ०.०७ र लगानी उपसूचक १.४९ अंकले बढ्यो।
बैंकिङ उपसूचक र लघुवित्त उपसूचक भने क्रमशः२.५४ र ०.०३ अंकले घट्यो। 

आज जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै घलेम्दी हाइड्रोको सेयरमूल्य ८.८२,माउन्टेन इनर्जी ८.६६ र हिमालयन उर्जा विकासको सेयरमूल्य ७.५८ प्रतिशतले बढ्यो। 

त्यस्तै आज उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य  सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ४.९२ प्रतिशतले घट्यो। 

यो दिन नागरिक लगानी कोषको सर्वाधिक सेयर कारोबार भयो। आज नागरिक लगानी कोषको ७ करोड ५३ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: