परिसूचकमा सामान्य अंकको सुधार,बीमातर्फ लुम्बिनी जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-05-18
परिसूचकमा सामान्य अंकको सुधार,बीमातर्फ लुम्बिनी जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ९८.९१ अंकले घट्दै ११२०६.१८ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४०.७६ अंकले ओरालो लाग्दै ९८३१.२४ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य १.९१ प्रतिशतले बढ्दै प्रतिकित्ता ५६५ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनी परे। आज प्रडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य ४.३९,सूर्या लाइफ ४.२८,एशियन लाइफ ३.९८,प्रभु इन्स्योरेन्स २.७८ र ज्योति लाइफको सेयरमूल्य २.६२ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भयो। परिसूचक ८.९० अंकले बढ्दै २२७४.४२ बिन्दुमा पुग्यो। यो दिन बजारमा २२७ कम्पनीका ३१ लाख ५६ हजार ९१३ कित्ता सेयर १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ५ वटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा हरियाली छायो। आज बैंकिङ उपसूचक ३.६६,होटल ८.६२,विकास बैंक ५५.५५,हाइड्रो ५३.३१,वित्त १८.७३,अन्य १३.०३,लघुवित्त ०.५७ र लगानी उपसूचक ०.४९ अंकले बढ्यो। 

व्यापार उपसूचक ३.८१ अंकले घटेको आज उत्पादन तथा प्रशोधन २६.२७ र म्युचुअल फन्ड ०.०४ अंकले घट्यो। 

आज राधि विद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ६.०२ प्रतिशतले बढ्यो। त्यस्तै सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ५.९१ र वरुण हाइड्रोको सेयरमूल्य ५.७७ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो। 

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ५ करोड ३८ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: