परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ लुम्बिनी जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

2022-05-19
परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ लुम्बिनी जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज जीवन बीमा उपसूचक १७२.२८ अंकले घट्दै ११०३३.९० बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १४३.०५ अंकले घट्दै ९६८८.२० बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरेै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ७.४५ प्रतिशतले बढ्दै प्रतिकित्ता ५१९ रुपैयाँ कायम भयो।

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा ४ वटा बीमा कम्पनी परे। आज लुम्बिनी जनरलको सेयरमूल्य ७.०८ प्रतिशत,नेपाल इन्स्योरेन्स ४.४३,सूर्या लाइफ ४.०८ र प्रभु लाइफको सेयरमूल्य ३.९६ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक २३.५१ अंकले घट्दै २२५०.९१ बिन्दुमा झर्यो। यो दिन बजारमा २१९ कम्पनीका ३७ लाख ९८ हजार २६३ कित्ता सेयर १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा म्युचुअल फन्ड बाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। आज म्युचुअल फन्ड उपसूचक ०.११ अंकले बढ्यो। बैंकिङ उपसूचक ६.५७ अंकले घटेको आज व्यापार २४.९२,होटल २१.०६,विकास बैंक ८३,हाइड्रो ४४.७४,वित्त ४१.३५,उत्पादन तथा प्रशोधन ४४.५२,अन्य १८.३८,लघुवित्त ५१.७ र लगानी उपसूचक १.०५ अंकले बढ्यो। 

आज जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। आज यो कम्पनीको सेयरमूल्य ७.४५ प्रतिशतले बढ्यो। 

त्यस्तै आज लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक अर्थात ७.०८ प्रतिशतले घट्यो। 

यो दिन प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भयो। प्रभु बैंकको संस्थापक सेयरको आज १२ करोड ८१ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: