परिसूचकमा ५०.३३ अंकको गिरावट,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-05-30
 परिसूचकमा ५०.३३ अंकको गिरावट,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३०६.६९ अंकले घट्दै १०४७२.८८ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २४८.९५ अंकले घट्दै ९२३३.५० बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे। आज ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ७.३९ र लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयरमूल्य ७.२७ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ५०.३३ अंकले घट्दै २१७३.४४ बिन्दुमा झर्यो। यो दिन बजारमा २२७ कम्पनीका ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक ३१.५१ अंकले घटेको आज व्यापार ६२.११,होटल ३८.९८,विकास बैंक ९७.५१,हाइड्रो ६७.१३,वित्त ३९.१३,उत्पादन तथा प्रशोधन १२७.६,अन्य ४६.८५,लघुवित्त ७१.५९,म्युचुअल फन्ड ०.३२ र लगानी उपसूचक १.६ अंकले घट्यो। 

आज बलेफी हाइड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो। त्यस्तै उपकार लघुवित्तको सेयरमूल्य ८.२३ र गणपति लघुवित्तको सेयरमूल्य ३.०९ प्रतिशतले घट्यो। 

आज नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घट्यो। यो बैंकको सेयरमूल्य ९.९९ प्रतिशतले घट्यो। 

यो दिन एनटीसीको सर्वाधिक सेयर कारोबार भयो। आज एनटीसीको ४ करोड ९६ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: