परिसूचकमा सामान्य गिरावट,शिखर इन्स्योरेन्सको सेयरमूल्यमा पहिरो

2022-06-01
परिसूचकमा सामान्य गिरावट,शिखर इन्स्योरेन्सको सेयरमूल्यमा पहिरो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १५७.१ अंकले घट्दै ८८३९.९८ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १५७.१ अंकले घट्दै ८८३९.९८ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज अजोड इन्स्योरेन्सको सेयरमूल्य ३.२३ प्रतिशतले बढ्दै प्रतिकित्ता ५११ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा ४ वटा बीमा कम्पनी परे। आज शिखर इनस्योरेन्सको सेयरमूल्य १० प्रतिशतले घट्दै ९२४ रुपैयाँमा सीमित भयो। यसैगरी एलआईसी नेपालको सेयरमूल्य ६.८० प्रतिशत,सूर्या लाइफ ३.८९ र लुम्बिनी जनरलको सेयरमूल्य ३.६७ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आयो। परिसूचक ७.१९ अंकले घट्दै २१३०.७३ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२७ कम्पनीका ३० लाख २० हजार ०६७ कित्ता सेयर १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८२ रुपैयाँमा किनबेच भयो। 

आज ३ वटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। आज विकास बैंक उपसूचक २१.२९,हाइड्रो १६.८६ र वित्त उपसूचक ५.८६ अंकले बढ्यो। 

बैंकिङ उपसूचक ५.०४ अंकले घटेको आज व्यापार ३३.४५,होटल ९.३३,उत्पादन तथा प्रशोधन ३३.०५,अन्य ३.४,लघुवित्त १३.३,म्युचुअल फन्ड ०.०५ र लगानी उपसूचक ०.१३ अंकले घट्यो। 

आज मैलङखोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै बलेफि हाइड्रोको सेयरमूल्य ९.९४ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.२९ प्रतिशतले बढ्यो। 

त्यस्तै आज शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो। 

यो दिन नेपाल इन्भेष्टमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज यो बैंकको १२ करोड १३ लाख बढीको सेयर कारोबार भयो।

 


Share this with your friends: