पहिलो त्रैमासमा दक्षिण कोरियाका बीमा कम्पनीहरुको मुनाफामा उछाल

2021-05-30
पहिलो त्रैमासमा दक्षिण कोरियाका बीमा कम्पनीहरुको मुनाफामा उछाल

काठमाण्डौ । सन् २०२१ को पहिलो त्रैमासमा दक्षिण कोरियाका बीमा कम्पनीहरुको खुद मुनाफा वृद्धि भएको छ। यो अवधिमा दक्षिण कोरियाका जीवन र निर्जीवन दुवै बीमा कम्पनीहरुको मुनाफा गत वर्षको सोहि अवधिको तुदनामा २.१ बिलियन डलर(२.४ ट्रिलियन कोरियन वन बाट ३.८७ ट्रिलियन वन)ले वृद्धि भएको हो। दक्षिण कोरियाको फाइनान्सियल सुपरभाइजरी सर्भिस(एफएसएस)ले सार्वजनिक आँकडामा यस्तो देखिएको हो। 

कोरोना महामारीका कारण मोटर इन्स्योरेन्सको नोक्सानको दाबीमा कमी आएपछि निर्जीवन बीमा कम्पनीहरुको मुनाफामा वृद्धि भएको छ। यस्तै जीवन बीमा कम्पनीहरुको मुनाफामा समेत वृद्धि भएको एफएसएसको रिपोर्टमा उल्लेख गरिएको छ। 

समीक्षा अवधिमा बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा ३.६ प्रतिशतले बढ्दै ५२.४ ट्रिलियन कोरियन वन पुुगेको एफएसएसले जनाएको छ।  

 


Share this with your friends: