काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०७५ प्रतिशत बोनस सेयर र ०.४२५ प्रतिशत नगद लाभांस गरी कुल ८.५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा चुक्तापूँजी ९६ करोड ३१ लाख ४५ हजार ७९० रुपैयाँको ८.०७५ प्रतिशतले हुन आउने ७ करोड ७७ लाख ७४ हजार ०२३ रुपैयाँबराबरको बोनस सेयर र ०.४२५ प्रतिशतले हुन आउने ४० लाख ९३ हजार ३७० रुपैयाँबराबरको नगद लाभांस रहेको छ ।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी २५ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।