प्रभु बैंकको २ लाख कित्ता बढी सेयर लिलामीमा राखिने

2021-07-23
प्रभु बैंकको २ लाख कित्ता बढी सेयर लिलामीमा राखिने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ । बैंकको संस्थापक समूहतर्फको २ लाख २ हजार १८६ कित्ता सेयर आगामी साउन १५ गतेदेखि लिलामीमा राख्न लागिएको हो । 

यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले न्यूनतम मूल्यभन्दा बढी रकम अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  

लगानीकर्ताले एनएमबी क्यापिटल नगपोखरी काठमाण्डौमा आईपुग्ने गरी साउन २९ गते कार्यालय समयभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: