प्रभु बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-12-19
प्रभु बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २९४.७३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ३३०.१० रुपैयाँ कायम थियो । 

बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांस गरी कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस बैंकको आगामी पुस १८ गते आयोजना हुने २० औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: