प्राइम कमर्सियल बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-12-07
प्राइम कमर्सियल बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २१ गते) अन्तिम दिन रहेको छ। बैंकले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २२ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांस गरी कुल १६.६३१३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस बैंकको आगामी पुस ६ गते आयोजना हुने १४ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: