काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले ५ वर्षे अवधिको ‘ प्राइम डिबेन्चर २०८४ ’ नामक ऋणपत्र निष्कासनका लागि वैशाख २२ गते बोर्डमा आवेदन दिएको हो।
बैंकले रु. १००० अंकित दरको रु ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासनको माग गरेको हो । कुल निष्कासनमध्ये ३० लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ २० लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।