प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांस वितरणको प्रस्ताव पारित

2021-04-05
प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(चैत २३ गते) नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यम जुमका माध्यमबाट २७ औँ वार्षिक सभा सम्पन्न भएको हो । 

सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ११.०५ प्रतिशत नगद लाभांसको प्रस्ताव पारित गरिएको छ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। यसैगरी आ।व २०७६/७७ को वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितका लेखा विवरणहरु छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ । 

यस्तै संचालक समितिको अध्यक्षको प्रति बैठक भत्ता १० हजार रुपैयाँबाट बढाएर १७ हजार रुपैयाँ पुर्याउने र संचालक सदस्हरु तथा उप समितिको संयोजक लगायत सदश्यको प्रति बैठक भत्ता ८ हजार रुपैयाँबाट १५ हजार रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गरेको छ ।

 


Share this with your friends: