प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2022-01-19
प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीद्वारा प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीको सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता १०६१.७१ रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १२१३ रुपैयाँ थियो । 

कम्पनीले  १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी माघ २१ गते आयोजना हुने कम्पनीको १८ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 


Share this with your friends: