फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमा आवेदन पेश गर्ने आज अन्तिम दिन

2021-08-10
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमा आवेदन पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक समूहतर्फको लिलामी सेयरमा बोलपत्र आवेदन पेश गर्ने आज(साउन २६ गते)अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको संस्थाको ८० हजार ५०० कित्ता संस्थापक सेयर गत साउन २० गतेदेखि लिलामीमा राखिएको थियो । 

संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक लगानीकर्ताले न्युनतम १००० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सेयर संख्याका लागि कुनै हद तोकिएको छैन। बालेपत्र आवेदन पेश गर्दा सेयर संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट रुपमा लेख्नुपर्नेछ।

यो संस्थापक सेयरको बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाण्डौमा आईपुुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक वा जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । 


Share this with your friends: