फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बाँडफाँड

2021-08-18
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बाँडफाँड

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक सेयर बाँडफाँड गरिएको छ । 
लिलामीमा राखिएको संस्थाको १५०० कित्ता संस्थापक सेयर बाँडफाँड गरिएको हो । 

बोलकबोल गर्दा बढी भएको रकम एनसीएचएल–आईपीएस को सदस्य रहेको बैंकहरुको खाता उपलब्ध गराइएका आवेदकहरुको हकमा आवेदकहरुको दरखास्त फाराममा उल्लेख गरेका बैंक खातामा सिधै रकमान्तर गरिने संस्थाले जनाएको छ । 

संस्थाले गत साउन १३ गतेदेखि १ लाख कित्ता संस्थापक सेयर गत साउन १३ गतेदेखि लिलामीमा राखेको थियो । उक्त सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक, वा जो कोहि व्यक्ति तथा संघ संस्थाहरुबाट बोलपत्र आह्वान गरिएको थियो । 


Share this with your friends: