फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्वारा लाभांस प्रस्ताव

2021-09-05
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको भदौ १९ गते शनिबारका दिन बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । बैठकले आ.व २०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट कुल चुक्तापूँजी ८७ करोड ६८ लाख ११ हजार २ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ७६ लाख ८१ हजार २ सय रुपैयाँबराबरको बोनस सेयर र ०.५३ प्रतिशतले हुन आउने ४६ लाख १४ हजार ८ सय रुपैयाँबराबरको नगद लाभांस वितरणको प्रस्ताव गरेको छ । 

संस्थाद्वारा प्रस्तावित यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  

 


Share this with your friends: