फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2020-11-20
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आज(शुक्रबार) समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि संस्थाको सेयरमूल्य समायोजन गरेको हो। 

समायोजन पश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ५७६ रुपैयाँ कायम भएको छ। यसअघि संस्थाको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ६३१ रुपैयाँ कायम भएको थियो।

संस्थाले गत आर्थिक वर्षका लागि चुक्तापुँजी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँको १३.६८ प्रतिशतले हुन आउने १० करोड ९५ लाख ७५ हजार १३७ रुपैयाँबराबरको कुल लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ९.५० प्रतिशतले हुने आउने ७ करोड ६० लाख ७० हजार ४५४ रुपैयाँबराबरको बोनस सेयर र ४.१८ प्रतिशतले हुन आउने ३ करोड ३५ लाख ४ हजार ६८३ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

यही मंसिर १८ गते हुने संस्थाको ११ औँ वार्षिक साधारणसभाबाट प्रस्तावित लाभांश अनुमोदन हुनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले आज (मंसिर ५ गते) बुक क्लोज मिति तय गरेको छ। 

 


Share this with your friends: