बजारको गिरावट आज पनि थामिएन,बीमातर्फ सानिमा जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-01-26
बजारको गिरावट आज पनि थामिएन,बीमातर्फ सानिमा जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २९८.१७ अंकले घट्दै १६०८९.१० बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १४६.९८ अंकले ओरालो लाग्दै १२७१९.५८ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न भयो। आज सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्य ४.०३ प्रतिशतले बढ्दै प्रतिकत्ता ६७६ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनी पर्यो। आज एशियन लाइफको सेयरमूल्य ३.४६ प्रतिशतले घट्दै प्रतिकित्ता १०२१ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ३८.४२ अंकले ओरालो लाग्दै २७७६.६५ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २३३ कम्पनीका ९३ लाख ५८ हजार ७ सय कित्ता सेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ०४२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक २२.७६ अंकले घटेको आज व्यापार उपसूचक २९.७,होटल एण्ड टुरिजम ४.९७,विकास बैंक ८३.६२, हाइड्रोपावर ५२.४,वित्त ५९.०७,उत्पादन तथा प्रशोधन ५४.६१,अन्य २४.८,लघुवित्त ६३.१२,म्युचुअल फन्ड ०.१८ र लगानी उपसूचक १.९८ अंकले घट्यो। 

आज दुईवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। आज विन नेपाल लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै सीईडीबी हाइड्रोपावरको सेयरमूल्य ४.९७ र मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य १.९७ प्रतिशतले घट्यो। 

आज पोखरा फाइनान्सको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य ५.५९ प्रतिशतले घट्यो। 

यो दिन अपि पावरको सर्वाधिक सेयर कारोबार भयो। आज अपि पावरको १६ करोड ७७ लाख बढीको सेयर कारोबार भयो। यसैगरी अरुण भ्यालि हाइड्रोपावरको १३ करोड ५५ लाख र अपर तामाकोशीको १० करोड ३१ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: