बजारको गिरावट कायमै,बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-02-09
बजारको गिरावट कायमै,बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १९८.७५ अंकले घट्दै १३०२७.०१ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १५४.३४ अंकले ओरालो लाग्दै १५४८६.०५ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज एलआईसी नेपालको सेयरमूल्य १.८७ प्रतिशतले बढ्दै प्रतिकित्ता २०२८ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य २.३४ प्रतिशतले घट्दै प्रतिकित्ता १००२ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक २२.११ अंकले घट्दै २८१३.४७ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२३ कम्पनीका ६५ लाख २० हजार ६२८ कित्ता सेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँबराबरको कारोबार भयो। 

आज बजारमा सबै उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक १२.४२ अंकले घटेको आज व्यापार ३६.४८,होटल २.४४, विकास बैंक ४६.०७, हाइड्रो ३२.७२, वित्त २४.८५,उत्पादन तथा प्रशोधन १५.०३, अन्य ३.६७, लघुवित्त ५०.०४, म्युचुअल फन्ड ०.१२ र लगानी उपसूचक १ अंकले घट्यो। 

आज लिबर्टी इनर्जीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ३.०८ प्रतिशतले बढ्यो। त्यस्तै आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य २.८० र जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य १.९७ प्रतिशतले बढ्यो। 

आज बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ६.६४ प्रतिशतले घट्यो। 

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज अरुण भ्यालीको १८ करोड ६१ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो। त्यस्तै एनटीसीको १४ करोड ५९ लाख र नेशनल हाइड्रोपावरको १४ करोड ४७ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: