बजारको गिरावट कायमै,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-02-10
बजारको गिरावट कायमै,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ८१.०७ अंकले ओरालो लाग्दै १२९४५.९५ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि १३.३७ अंकले घट्दै १५४७५.९५ बिन्दुमा सीमित भयो। 
 
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज सूर्या लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। आज यो कम्पनीको सेयरमूल्य १.२९ प्रतिशतले बढ्दै प्रतिकित्ता ७८५ रुपैयाँ कायम भयो। 
 
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य आज २.८८ प्रतिशतले घट्दै प्रतिकित्ता १३४५ रुपैयाँ कायम भयो। 
 
बजारमा अरु के–के भयो ? 
 
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ११.९६ अंकले घट्दै २८०१.५६ बिन्दुमा झर्यो। यो दिन बजारमा २२७ कम्पनीका ६९ लाख ५० हजार ८३८ कित्ता सेयर ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० रुपैयाँमा किनबेच भयो। 
 
आज ३ वटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। आज व्यापार उपसूचक ४०.४६,अन्य १२.५१ र म्युचुअल फन्ड ०.०३ अंकले बढे। 
बैंकिङ उपसूचक १०.७९ अंकले घटेको आज होटल एण्ड टुरिजम १९.७२,विकास बैंक २८.९१,हाइड्रो २७.७६, वित्त १२.७५,उत्पादन तथा प्रशोधन १.२९,लघुवित्त ३७.२५ र लगानी उपसूचक ०.५६ अंकले घट्यो। 
 
आज सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक बढ्यो। सिन्धु विकास बैंकको सेयरमूल्य २.२० प्रतिशतले बढ्यो। 
 
आज मिथिला लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ४ प्रतिशतले घट्यो। 
 
यो दिन नेपाल टेलिकमको सर्वाधिक सेयर कारोबार भयो। टेलिकमको आज २५ करोड ४८ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: