बजारको गिरावट कायमै,हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-02-24
बजारको गिरावट कायमै,हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४१८.९५ अंकले घट्दै १४२३४.०५ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २४५.५५ अंकले ओरालो लाग्दै ११९८१.२४ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य ९.९१ प्रतिशतले बढदै प्रतिकित्ता ७६५ रुपैयाँ कायम भयो। त्यस्तै आज प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ०.४४ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य ५.०८ अंकले घट्दै प्रतिकित्ता ९३५ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ५८.९९ अंकले घट्दै २६६१.४४ बिन्दुमा झर्यो। यो दिन २२९ कम्पनीका ८४ लाख ९० हजार ६८९ कित्ता सेयर ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक ३०.२७ अंकले घटेको आज व्यापार ५०.१९,होटल ४८.२१,विकास बैंक ११५.७२,हाइड्रो ९०.७२,वित्त ६९.९८,उत्पादन तथा प्रशोधन १२९.७३,अन्य ६५.१,लघुवित्त १०९.७९,म्युचुअल ०.२ र लगानी उपसूचक २.०७ अंकले घट्यो। 

आज हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य ९.९१ प्रतिशतले बढ्यो। 

आज युनिभर्सल पावर कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ५.७० प्रतिशतले घट्यो।

यो दिन नेशनल हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको २६ करोड ९७ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै एनटीसीको २५ करोड ३५ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: