बजारको गिरावट कायमै,बीमातर्फ अजोड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-03-16
बजारको गिरावट कायमै,बीमातर्फ अजोड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। निर्जीवन बीमा उपसूचक ७७.२३ अंकले बढ्दै १२१८३.४६ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ५७.०७ अंकले ओरालो लाग्दै १४४१६.५५ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज अजोड इन्स्योरेन्सको सेयरमूल्य २.३९ प्रतिशतले बढ्दै प्रतिकित्ता ६८६ रुपैयाँ काय भयो। त्यस्तै प्रुडेन्यिल इन्स्योरेन्सको सेयरमूल्य २.३१ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १९.६५ अंकले बढ्दै २६३१.३२ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २३१ कम्पनीका ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ३ वटा उपसूचकमा मात्रै हरियाली छायो। आज होटल उपसूचक ६६.६६,निर्जीबन बीमा ७७.२३ र म्युचुअल फण्ड उपसूचक ०.०२ अंकले बढ्यो।

बैंकिङ उपसूचक ११.९४ अंकले घटेको आज व्यापार ३६.८,विकास बैंक ६०.९७,हाइड्रोपावर ३३.११,वित्त २९.५१,उत्पादन तथा प्रशोधन ४४.६२,अन्य ५७.१३,लघुवित्त ९.२७ र लगानी उपसूचक ०.४७ अंकले घट्यो। 

आज इमर्जिङ नेपालको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्यो। त्यस्तै मैलुङखोला जलविद्युत कम्पनीको सेयरमूल्य ६.१३,सोल्टी होटल ४.२२ र ओरियन्टल होटलको सेयरमूल्य ३.०२ प्रतिशतले बढ्यो। 

आज युनाइटेड इदी मर्दीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ४.९२ प्रतिशतले घट्यो। 

यो दिन एनटीसीको सर्वाधिक सेयर कारोबार भयो। आज एनटीसीको १६ करोड ३६ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: