बजारको गिरावट कायमै,बीमातर्फ नेपाल लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-03-29
बजारको गिरावट कायमै,बीमातर्फ नेपाल लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २१९.६३ अंकले घट्दै १४२४२.८५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७६.६९ अंकले ओरालो लाग्दै १२०९२.१५ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य २.०२ प्रतिशतले बढ्दै प्रतिकित्ता ६८१ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे। आज नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य ३.६७ र एशियन लाइफको सेयरमूल्य ३.३१ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १४.२६ अंकले घट्दै २५२७.५८ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२५ कम्पनीका ३८ लाख ९० हजार १३१ कित्ता सेयर १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा एउटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। आज होटल उपसूचक २५.५२ अंकले बढ्यो। 

बैंकिङ उपसूचक ५.५४ अंकले घटेको आज व्यापार उपसूचक ०.५१,विकास बैंक २६.३५,हाइड्रो १६.४८,वित्त १४.९६,उत्पादन तथा प्रशोधा १५.०१,अन्य २०.०५,लघुवित्त ३४.५४,म्युचुअल फन्ड ०.०४ र लगानी उपसूचक ०.०९ अंकले घट्यो। 

आज इमर्जिङ नेपाल र नेष्डो लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो। यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य ९.९९ र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ४.०१ प्रतिशतले बढ्यो। 

आज मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ३.६८ प्रतिशतले घट्यो। 

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो। यो कम्पनीको आज ७ करोड ९१ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: