बजारको गिरावट कायमै,बीमातर्फ एशियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-04-28
बजारको गिरावट कायमै,बीमातर्फ एशियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १५५.२८ अंकले घट्दै १२५९०.८२ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४१.३३ अंकले ओरालो लाग्दै १०७०१.०३ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज आइएमई जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य १.१३ प्रतिशतले बढ्दै प्रतिकित्ता ५४४ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १०  कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज एशियन लाइफको सेयरमूल्य ३.६० प्रतिशतले घट्दै प्रतिकित्ता ७९५ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक २० अंकले घट्दै २३५६.१७ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२६ कम्पनीका ४५ लाख  ७४ हजार ५२० कित्ता सेयर १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक ६.३८ अंकले घटेको आज व्यापार ३२.०७,होटल २६.३६,विकास बैंक ७५.४४,हाइड्रो २३.०४,वित्त ३०.१३,उत्पादन तथा प्रशोधन ७४.९९,अन्य २६.८३,लघुवित्त ३८.०३,म्युचुअल फन्ड ०.०३ र लगानी उपसूचक ०.९५ अंकले घट्यो। 

आज जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो। त्यस्तै राधि विद्युत कम्पनीको सेयरमूल्य ४.१७ र माउन्टेन इनर्जीको सेयरमूल्य ३.२९ प्रतिशतले बढ्यो। 

त्यस्तै आज गृह्वेश्वरी मर्चेन्ट बैंकिङको सेयरमूल्य सर्वाधिक अर्थात ३.९८ प्रतिशतले घट्यो। 

यो दिन आइएमई जनरलको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ५ करोड २५ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: