बजारको वृद्धि जारी,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-05-11
बजारको वृद्धि जारी,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक २४३.७४ अंकले बढ्दै १०४४१.७२ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि २१७.१७ अंकले बढ्दै १२१५४.८३ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य ६.२४ प्रतिशतले बढ्दै प्रतिकित्ता १०४३ रुपैयाँ कायम भयो। त्यस्तै युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य ५.५९,युनियन लाइफ ४.६७,रिलायन्स लाइफ ४.४४ र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ३.८३ प्रतिशतले बढ्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ५६.०६ अंकले बढ्दे २३६९.०६ बिन्दुमा पुग्यो। यो दिन बजारमा २२९ कम्पनीका ५३ लाख ३३ हजार १०९ कित्ता सेयर २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक २३.३७ अंकले बढेको आज व्यापार २१.१५,होटल ५२.७९,विकास बैंक १५०.७३,हाइड्रो १३०.३४,वित्त ७४.२,उत्पादन तथा प्रशोधन ७०.०२,अन्य ३१.७७,लघुवित्त १५३.८९,म्युचुल फन्ड ०.१३ र लगानी २.२७ अंकले बढ्यो। 
आज ६ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। नेशनल हाइड्रोपावर,नेपाल फाइनान्स,सिनर्जी पावर डेभलपमेन्ट,राधि विद्युत कम्पनी,युनिभर्सल पावर कम्पनी र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको हो। 

त्यस्तै आज नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १.०२ प्रतिशतले घट्यो। 

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। यो कम्पनीको आज १० करोड ५९ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: