बजारको गिरावट जारी,बीमातर्फ एनएलजी इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-05-31
बजारको गिरावट जारी,बीमातर्फ एनएलजी इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २३६.४२ अंकले घट्दै ८९९७.०८ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि ७१.८४ अंकले ओरालो लाग्दै १०४०१.०४ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज एलआईसी नेपालको सेयरमूल्य ३.३५ प्रतिशतले बढ्दै प्रतिकित्ता १४२६ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा ४ वटा बीमा कम्पनी परे। आज एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ६.५० प्रतिशतले घट्दै प्रतिकित्ता ५६१ रुपैयाँमा सीमित भयो। त्यस्तै आज प्रभु इन्स्योरेन्सको सेयरमूल्य ५.२८,नेपाल इन्स्योरेन्स ४.९९,लुम्बिनी जनरल ४.५२,सगरमाथा इन्स्योरेन्स ४.३४ र नेको इन्स्योरेन्सको सेयरमूल्य ३.२७ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ३५.५३ अंकले घट्दै २१३७.९२ बिन्दुमा झर्यो। यो दिन बजारमा २२९ कम्पनीका ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ०९० रुपैयाँमा किनबेच भयो। 

आज बजारमा म्युचुअल फन्ड बाहेक अन्य सबै उपसूचकमा गिरावट आयो। आज म्युचुअल फन्ड उपसूचक ०.०७ अंकले बढ्यो। 

बैंकिङ उपसूचक २९.०१ अंकले घटेको आज व्यापार ३३.१५,होटल ३४.३३,विकास बैंक ५४.२६,हाइड्रो ३०.८७,वित्त २४.११,उत्पादन तथा प्रशोधन ८०.०८,अन्य २६.६७,लघुवित्त ७४.७२ र लगानी ०.८२ अंकले घट्यो। 

आज उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.२३ प्रतिशतले बढ्यो। 

त्यस्तै यो दिन नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घट्यो। आज यो बैंकको सेयरमूल्य ९.९८ प्रतिशतले घट्यो। 

यो दिन एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज यो बैंकको ५ करोड ३७ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: