बजारको बढ्दो यात्रा कायमै, बीमातर्फ अजोडको सेयरमूल्यमा सर्वाधिक गिरावट

2021-02-18
बजारको बढ्दो यात्रा कायमै, बीमातर्फ अजोडको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूहको उपसूचक १०९.७३ अंकले घट्दै १८४५१.१२ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा समूहको उपसूचक पनि ५०.३ अंकले ओरालो लाग्दै १३१८९.२५ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे। आज अजोड इन्स्योरेन्सको सेयरमूल्य २.९० प्रतिशतले घट्दै प्रतिकित्ता ७३७ रुपैयाँमा सीमित बन्यो। त्यस्तै आइएमई जनरलको सेयरमूल्य पनि २.६१ प्रतिशतले घट्दै प्रतिकित्ता १०४५ रुपैयाँ कायम भयो।

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक २५.२३ अंकले बढ्दै २६३६.६८ को बिन्दुमा पुग्यो। यो दिन बजारमा २०६ कम्पनीका १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता सेयर ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ रुपैयाँमा सीमित बन्यो। 

१२ वटा समूहमध्ये आज ९ वटा समूहमा हरियाली छायो भने बाँकी ३ वटा समूहमा भने रातो पोतियो। बैंकिङ समूह २३.३७ अंकले बढेको आज व्यापार समूह ७२.९२, होटल ४.६९, विकास बैंक ६२.१४, हाइड्रोपावर १८.६, वित्त ५.३५, उत्पादन तथा प्रशोधन २०.१६, अन्य ५३.८२ र म्युचुअल फन्ड ०.१४ अंकले बढे। 

आज जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त समूहमा गिरावट आयो। यी समूह क्रमशः १०९.७३, ५०.३ र २८ अंकले घटे। 

आज नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो भने कर्णाली डेभलपमेन्ट बैंक ९.९४, एभरेष्ट प्रिफेरेन्स सेयर ९.९४, वेष्ट फाइनान्स ९.८८ र सिभिल बैंकको सेयरमूल्य ९.८७ प्रतिशतले बढ्यो। आज निफ्राको सेयरमूल्य ९.८६ प्रतिशतले बढ्यो। 

आज मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ४.९१ प्रतिशतले घट्यो। यस्तै हिमालयन उर्जा विकासको सेयरमूल्य ३.७०, सर्पोट माइक्रोफाइनान्स ३.६७, सामूदायिक लघुवित्त २.९६ र अजोड इन्स्योरेन्सको सेयरमूल्य २.९० प्रतिशतले घट्यो। 

यो दिन बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको ५६ करोड १ लाख बढीको सेयर कारोबार भयो। यस्तै आज निफ्राको ५० करोड ८२ लाख, सिभिल बैंक २८ करोड ३८ लाख, ग्लोबल आइएमई बैंक २६ करोड ९६ लाख र नविल बैंकको २६ करोड २ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: