बजारमा आज पनि करेक्सन, बीमातर्फ एनएलजी इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

2021-02-23
बजारमा आज पनि करेक्सन, बीमातर्फ एनएलजी इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा समूह ५२.०४ अंकले घट्दै १२९४४.८१ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा समूह पनि २०.२ अंकले ओरालो लाग्दै १७७१८.१२ को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ५.८२ प्रतिशतले बढ्दै प्रतिकित्ता ११६३ रुपैयाँ कायम भयो। त्यस्तै एशियन लाइफको सेयरमूल्य पनि २.५३ प्रतिशतले बढ्दै प्रतिकित्ता १३८० रुपैयाँ कायम भयो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

अघिल्लो दिन जस्तै आज बजारमा गिरावट जारी रह्यो। आज नेप्से परिसूचक २१.१६ अंकले घट्दै २५८६.५१ को उचाईमा सीमित बन्यो। यो दिन बजारमा २०५ कम्पनीका १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता सेयर ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा व्यापार समूह बाहेक अन्य सबै समूहमा गिरावट आयो। आज व्यापार समूह २६.७३ अंकले बढ्यो। 

बैंकिङ समूह ७.७२ अंकले घटेको आज होटल ३१.५८, विकास बैंक ३०.२७, हाइड्रोपावर १२.४७, वित्त ७.०१, उत्पादन तथा प्रशोधन ९५.९९, अन्य ५१.११, लघुवित्त ६.३२ र म्युचुअल फन्ड ०.१६ अंकले घटे। 

आज नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्यमा सर्वाधिक वृद्धि भयो। कम्पनीको सेयरमूल्य ९.९३ प्रतिशतले बढ्यो भने अपि पावर कम्पनीको ९.७६, लिवर्टी इनर्जी ९.६५, हिमालयन पावर पार्टनर ९.५९, एनएलजी इन्स्योरेन्स ५.८२ र चन्द्रागिरी हिल्सको सेयरमूल्य ५.७६ प्रतिशतले बढ्यो। 

आज निफ्राको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। निफ्राको सेयरमूल्य १० प्रतिशतले घट्यो भने आखुँखोला जलविद्युत कम्पनी ६.६७, युनिलिभर नेपाल ५.२८, पञ्चकन्या माई हाइड्रोको सेयरमूल्य ४.६१ प्रतिशतले घट्यो। 

यो दिन निफ्राको सर्वाधिक सेयर कारोबार भयो। आज निफ्राको ७३ करोड ९४ लाख बढीको सेयर कारोबार भयो। यस्तै अपर तामाकोशीको ४३ करोड ३९ लाख, नविल बैंक ३७ करोड ३५ लाख, एनआईसी एशिया बैंक ३२ करोड ८० लाख र ग्लोबल आइएमई बैंकको २९ करोड ६२ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: