बजारमा दोहोरो अंकको वृद्धि, आइएमई जनरलको सेयरमूल्यमा उछाल

2021-02-24
बजारमा दोहोरो अंकको वृद्धि, आइएमई जनरलको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज जीवन बीमा उपसूचक १८०.८९ अंकले बढ्दै १७८९९ को उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १८४.३४ अंकले बढ्दै १३१२८.४६ बिन्दुको उचाईमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सक्यो। आज आइएमई जनरलको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ११०० रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक दोहोरो अंकले बढ्यो। आज नेप्से परिसूचक १२.५६ अंकले बढ्दै २५९९.०७ को उचाईमा पुग्यो। यो दिन बजारमा २०४ कम्पनीका १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४३९ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा समूह बाहेक सबै समूहमा हरियाली छायो। बैंकिङ समूह १५.०६ अंकले बढेको आज व्यापार १.६५, होटल ४६.५८, विकास बैंक १८.७१, वित्त ५.९९, उत्पादन तथा प्रशोधन ५४.०४, लघुवित्त २२.१५ र म्युचुअल फन्ड ०.१५ अंकले बढे। 

आज हाइड्रो समूह २२.९३ अंकले र अन्य समूह १०.८९ अंकले घटे। 

आज आइएमई जनरलको सेयरमूल्यमा सर्वाधिक आयो। त्यस्तै नेपाल फाइनान्सको सेयरमूल्य ९.९७ प्रतिशत, चन्द्रागिरी हिल्स ९.९४, नेपाल बैंक ५.३० र किसान लघुवित्तको सेयरमूल्य ४.४० प्रतिशतले बढ्यो। 

आज निफ्राको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। निफ्राको सेयरमूल्य ५.३९ प्रतिशतले घट्यो भने अरुण भ्यालि हाईड्रोपावर ४.७१, आरम्भ चौतारी लघुवित्त ४.४२, युनाइटेड इदी मर्दी ४.३८ र शिवश्री हाइड्रोको सेयरमूल्य ४.०४ प्रतिशतले घट्यो। 

यो दिन नेपाल बैंक लिमिटेडको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको ५८ करोड २५ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै निफ्राको ५६ करोड, नेको इन्स्योरेन्स २३ करोड ८३ लाख, एनआईसी एशिया बैंक २० करोड ४७ लाख र ग्लोबल आइएमई बैंकको २० करोड ४० लाख बढीको सेयर कारोबार भयो।

 


Share this with your friends: