बजारमा भारी करेक्सन, शिखर इन्स्योरेन्सको १ अर्ब बढीको सेयर कारोबार

2021-02-28
बजारमा भारी करेक्सन, शिखर इन्स्योरेन्सको १ अर्ब बढीको सेयर कारोबार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ६२४.८ अंकले ओरालो लाग्दै १६९७४.४२ को बिन्दुमा सीमित बन्यो। यो दिन निजर्वीवन बीमा उपसूचक पनि १७८.१ अंकले घट्दै १२७७४.१८ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनीहरुले आफ्नो स्थान सुरक्षित गर्न सफल रहे। आज शिखर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य २.८० प्रतिशतले बढ्दै प्रतिकित्ता २८२४ रुपैयाँ कायम भयो। त्यस्तै एनएलजी इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य क्रमशः ०.९९ र ०.६४ प्रतिशतले बढ्दै प्रतिकित्ता ११२१ र १५७९ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा भारी करेक्सन आयो। परिसूचक ७९.७४ अंकले घट्दै २४७४.३९ को बिन्दुमा झर्यो। यो दिन बजारमा २०७ कम्पनीका १ करोड ६० लाख १७ हजार ३२२ कित्ता सेयर ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८१४ रुपैयाँमा किनबेच भयो। 

१३ वटा समूहमध्ये आज होटल एण्ड टुरिजम समूह बाहेक अन्य सबै समूहमा गिरावट आयो। आज होटल एण्ड टुरिजम समूह ११.०८ अंकले बढ्यो।

बैंकिङ समूह ५४.५७ अंकले घटेको आज व्यापार ११.२२, विकास बैंक ७५.५१, हाइड्रोपावर ६७.१५, वित्त २९.७४, उत्पादन तथा प्रशोधन १९८.२, अन्य ८१.३५, लघुवित्त १४१.२९, म्युचुअल फन्ड ०.२४ र लगानी समूह ४.१३ अंकले घट्यो। 

आज चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ९.८१ प्रतिशतले बढ्यो। त्यस्तै सिटिजन म्युचुअल फन्ड २ को सेयरमूल्य २.८४ र शिखर इन्स्योरेन्सको सेयरमूल्य २.८० प्रतिशतले बढ्यो।

आज गणपति माइक्रोफाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। संस्थाको सेयरमूल्य ७ प्रतिशतले घट्यो भने नेपाल फाइनान्स ६.७४, निफ्रा ६.४५, नेपाल हाइड्रो डेभलपर्स ६.१३ र अपि पावरको सेयरमूल्य ६.११ प्रतिशतले घट्यो। 

यो दिन शिखर इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको १ अर्ब २ करोड बढीको सेयर कारोबार भयो। यसैगरी निफ्राको ६३ करोड ४९ लाख, ग्लोबल आइएमई बैंक ३४ करोड, नेपाल पुनर्बीमा कम्पनी २८ करोड ६१ लाख र नेपाल लाइफको २५ करोड ७२ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: