बजारमा भारी करेक्सन, बीमातर्फ सानिमा लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2021-12-27
बजारमा भारी करेक्सन, बीमातर्फ सानिमा लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुृवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ६१८.४४ अंकले घट्दै ११३९५.०२ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि २९०.७२ अंकले घट्दै १४३२२.०८ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनी पर्यो। बीमातर्फ आज सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्य ७.१७ प्रतिशतले घट्दै प्रतिकित्ता ५५५ रुपैयाँ कायम भयो। आज नेपाल इन्स्योरेन्सको सेयरमूल्य ६.३६, अजोड इन्स्योरेन्स ६.३०, एभरेष्ट इन्स्योरेन्स ६.१३, सूर्या लाइफ ६.०८ र नेको इन्स्योरेन्सको सेयरमूल्य ५.७८ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ६९.७७ अंकले घट्दै २५२१.६५ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २३८ कम्पनीका १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक २७.११ अंकले घटेको आज व्यापार ६८.२, होटल एण्ड टुरिजम ४२.०३, विकास बैंक १७३.४६, हाइड्रोपावर १०८.५५, वित्त ७०.६१, उत्पादन तथा प्रशोधन ११६.६१, अन्य ९३.३, लघुवित्त ११९.२, म्युचुअल फन्ड ०.०१ र लगानी उपसूचक ३.०३ अंकले घट्यो। 

आज गोर्खाज फाइनान्स र मध्यभोटेकोशीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। यस्तै सामलिङ पावर कम्पनीको सेयरमूल्य ५.९२ र मेगा बैंकको सेयरमूल्य २.७० प्रतिशतले बढ्यो। 

आज जोशी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य ८.५४ प्रतिशतले घट्यो। घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ८.२१, सानिमा जनरल ७.१७, जानकी फाइनान्स ७.१७ र गुडविल फाइनान्सको सेयरमूल्य ६.९७ प्रतिशतले घट्यो। 

यो दिन नबिल बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज यो बैंकको ३० करोड ६० लाख बढीको सेयर कारोबार भयो भने शिवम् सिमेन्टको २६ करोड ३७ लाख र नेपाल लाइफको २४ करोड ९७ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: