बजारमा दोहोरो अंकको गिरावट,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-02-16
बजारमा दोहोरो अंकको गिरावट,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। जीवन बीमा उपसूचक २०.६६ अंकले बढ्दै १५१२९.७० बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने १०६.८१ अंकले घट्दै १२४५७.१७ बिन्दुमा झर्यो। 
 
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ४ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज ज्योति लाइफको सेयरमूल्य ३.२३ प्रतिशतले बढ्दै प्रतिकित्ता ६४० रुपैयाँ कायम भयो। त्यस्तै युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य २.७९,सगरमाथा इन्स्योरेन्स २.७२ र एलआईसी नेपालको सेयरमूल्य २.२१ प्रतिशतले बढ्यो। 
 
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 
 
बजारमा अरु के–के भयो ?
 
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १९.८४ अंकले घट्दै २७३४.४४ बिन्दुमा झर्यो। यो दिन बजारमा २३१ कम्पनीका ५६ लाख ५२ हजार १८२ कि त्ता सेयर ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँमा किनबेच भयो। 
 
आज बजारमा दुईवटा उपसूचकमा मात्रै हरियाली छायो। अन्य उपसूचक १०.२ र जीवन बीमा उपसूचक २०.६६ अंकले बढ्यो। 
 
बैंकिङ उपसूचक ५.२९ अंकले घटेको आज व्यापार ४३.४,होटल एण्ड टुरिजम ३३.४६,विकास बैंक ८८.५३,हाइड्रोपावर ७२.७७,वित्त ४२.९,उत्पादन तथा प्रशोधन ९४.७९,लघुवित्त ४०.७४,म्युचुअल फन्ड ०.०७ र लगानी उपसूचक १.५६ अंकले घट्यो।
 
आज गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ३.४४ प्रतिशतले बढ्यो। 
 
आज बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ५.६९ प्रतिशतले घट्यो। 
 
यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको २१ करोड १४ लाख बढीको सेयर कारोबार भयो। 

Share this with your friends: