बजारमा सामान्य गिरावट,हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

2022-02-27
बजारमा सामान्य गिरावट,हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ११६.०२ अंकले ओरालो लाग्दै १४१२०.१५ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३२.९५ अंकले ओरालो लाग्दै ११९४८.३० बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य २.३७ प्रतिशतले बढ्दै प्रतिकित्ता २.३७ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ४.५८ प्रतिशतले घट्दै प्रतिकित्ता ७३० रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आयो। परिसूचक ७.७३ अंकले घट्दै २६५३.७० बिन्दुमा झर्यो। यो दिन बजारमा २२४ कम्पनीका ७० लाख ४० हजार ५६३ कित्ता सेयर ३ अर्ब २३ करोड ३० लाख ६५ हजार ९१० रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुई वटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। हाइड्रोपावर उपसूचक ३४.०३ र अन्य उपसूचक १५.१ अंकले बढ्यो। 
बैंकिङ उपसूचक ११.७५ अंकले घटेको आज व्यापार उपसूचक ७.३४,होटल २.५८,विकास बैंक २४.९६,वित्त १०.५८,उत्पादन तथा प्रशोधन ७१.१६,लघुवित्त ३१.०६,म्युचुअल फन्ड ०.०५ र लगानी उपसूचक ०.१६ अंकले घट्यो। 

आज नेशनल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य ४.५३ प्रतिशतले बढ्यो। त्यस्तै सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्य ३.९६ र युनिभर्सल हाइड्रोपावरको सेयरमूल्य ३.०२ प्रतिशतले बढ्यो। 

आज हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य ४.५८ प्रतिशतले घट्यो। यसैगरी तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ४.०२,सामलिंग पावर ३.६५ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.१४ प्रतिशतले घट्यो। 

यो दिन युनिभर्सल पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको आज २० करोड ४४ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: