बजारमा दोहोरो अंकको गिरावट,बीमातर्फ नेपाल लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-03-23
बजारमा दोहोरो अंकको गिरावट,बीमातर्फ नेपाल लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १२८.७ अंकले घट्दै १४५३१.९९ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७८.९१ अ.कले ओरालो लाग्दै १२१६१.२४ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य २.०७ प्रतिशतले बढ्दै प्रतिकित्ता ६४० रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज नेपाल लाइफको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य २.२३ प्रतिशतले घट्दै प्रतिकित्ता ११४१ रुपैयाँ कायम भयो।

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक २०.३४ अंकले घट्दै २६३०.३६ बिन्दुमा झर्यो। यो दिन बजारमा २२६ कम्पनीका ३९ लाख ८५ हजार ५७४ कित्ता सेयर २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७६ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। आज व्यापार उपसूचक १२.७७ र म्युचुअल फन्ड ०.०४ अंकले बढ्यो। 
बैंकिङ उपसूचक ९.६२ अंकले घटेको आज होटल १९.८६,विकास बैंक ५३.७५,हाइड्रो ३६.३९,वित्त ३४.५३,उत्पादन तथा प्रशोधन ७०.७६,अन्य २९.४१,लघुवित्त २०.७५ र लगानी उपसूचक ०.८१ अंकले घट्यो। 

आज राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै इमर्जिङ नेपालको सेयरमूल्य ९.९९ र युनाइटेड इदी मर्दीको सेयरमूल्य २.३७ प्रतिशतले बढ्यो। 

आज बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ३.५८ प्रतिशतले घट्यो। 

यो दिन एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज यो बैंकको ८ करोड ४१ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: