बढ्दो साइबर आक्रमणका कारण विश्वभरको साइबर पुनर्बीमा दर ४०%ले वृद्धि

2021-07-02
बढ्दो साइबर आक्रमणका कारण विश्वभरको साइबर पुनर्बीमा दर ४०%ले वृद्धि

काठमाण्डौ । विश्वभरको साइबर पुनर्बीमा दर ४० प्रतिशतले वृद्धि भएको छ । पुनर्बीमा ब्रोकर विल्स रिका अनुसार रान्सोमवेयर(एक प्रकारको मालवेयर जसले साइबर अपराधको पिडितलाई पैसा नदिए व्यक्तिगत डेटा सार्वजनिक गर्ने तथा साइट ब्लक गर्ने धम्कि दिन्छ) आक्रमणका कारण जुलाई महिनाको नविकरण सिजनमा विश्वभरको साइबर पुनर्बीमा दर ४० प्रतिशतले वृद्धि भएको हो । 

गत मे महिनामा अमेरिकामा रान्सोमवेयर साईबर आक्रमणका भएको थियो । जसका कारण अमेरिकाको सबैभन्दा ठूलो पाइपलाइन सञ्जाल कयौँ दिनसम्म बन्द भएको थियो । यो घटनाले अमेरिकाको पूर्वीय तटीय क्षेत्रको अधिकांस इन्धन आपूर्ती ठप्प भएको थियो । 

यो साइबर आक्रमणपश्चात व्यवसायलाई पुनःसञ्चालन गर्नका लागि पहिलो त्रैमासमा रान्सोमवेयर भुक्तानीका लागि औसत २२०००० अमेरिकी डलर भुक्तानी गरिएको छ । जुन सन् २०२० को तुलनामा ४३ प्रतिशत बढी हो । 

साइबर बीमा तथा पुनर्बीमा पोलिसीहरुले रान्सोमवेयर भुक्तानीका साथ–साथै नेटवर्क पुर्नस्थापना, व्यवसायमा रोकावटका कारण भएको घाटाहरु तथा कम्पनीको साखँ–प्रतिष्ठामा पुगेको क्षतीका लागि पीआर(पब्लिक रिलेसन)एजेन्सी हायर गर्न लाग्ने खर्चहरु समेत कभर गर्ने गर्दछन् । 

विल्स रिका अध्यक्ष जेम्स भिकरका अनुसार बढ्दो साइबर आक्रमणका कारण साइबर बीमालेख लेखेका पुनर्बीमा कम्पनीहरुले केहि वर्ष अघिको तुलनामा खराब नतिजाहरुको सामना गर्नुपरिरहेको छ । 

पुनर्बीमा बीमकहरुले बीमा कम्पनीहरुको बीमा गर्ने गर्दछन् र पुनर्बीमा दरमा भएको वृद्धिले अन्ततः बीमाशुल्कको बढोत्तरीलाई सहयोग पुर्याउने गर्दछ । 

यतिबेला विश्वभरका व्यापार व्यवसायहरु साइबर अपराधीहरुको निशानामा परेका छन् । उनीहरु साइबर अपराधीहरुबाट आफ्नो डेटा जोगाउन लागिपरेका छन् । 

ठूला दाबीहरु परेका कारण बीमक र पुनर्बीमकहरुले अहिले साइबर कभरेजको रकम कटौति गरिरहेका छन् ।  यसको परिणाम स्वरुप फ्रान्स जस्ता देशहरु साइबर बीमकहरुले रान्सोमवेयर भुक्तानीहरु गर्ने कि नगर्ने भन्ने बारेमा बहस गरिरहेका छन् । 

अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन(एफबीआई)का निर्देशक क्रिस रेले गत साता पब्लिक कम्पनीहरु तथा अन्य पिडितहरुलाई रान्सोमवेयर भुक्तानीहरु नगर्न आह्वान गरेका थिए । यसले साइबर अपराधीहरुलाई भविष्यमा अझै धेरै आक्रमण गर्नका लागि प्रेरित गर्ने उनको तर्क रहेको थियो । 

 


Share this with your friends: