बरुण हाइड्रोपावरद्वारा लाभांस प्रस्ताव

2020-12-14
बरुण हाइड्रोपावरद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांस(बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) गरी कुल ५.२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

यसका साथै बैठकले कम्पनीको १७ औँ वार्षिक साधारण सभा आगामी पुस २६ गते आयोजना गर्ने निर्णय समेत गरेको छ । कम्पनीद्वारा प्रस्तावित लाभांस कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । 

 


Share this with your friends: