बलेफी हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि,क–कसले दिन पाउँछन् आवेदन ?

2022-02-10
बलेफी हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि,क–कसले दिन पाउँछन् आवेदन ?

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आज(माघ २७ गते)देखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा न।२,३ र ४(साबिकको गोल्चे,गुम्बा र पाङताङ गाविस) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाँउपालिका वडा न ५ र ७,बलेफी गाँउपालिका वडा न १,३ र ६ तथा ७ र सुनकोशी गाउँपालिका वडा न।७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता गरी कुल १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गर्न लागेको चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने प्रति कित्ता रु.१०० अंकित दरका १८ लाख २७ हजार ९७० कित्ता सेयर रहेको छ ।  

आयोजना बासिन्दाका लागि छुट्टाइएको सेयर सम्पूर्ण बिक्री नभएमा बिक्री नभएको बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण९सामूहिक लगानी कोष तथा कर्मचारीका लागि समेत०मा निष्कासन गरिने कम्पनीले जनाएको छ । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

आईपीओ निष्कासन छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गते बैंकिङ समयपश्चात बन्द हुनेछ।

आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत माघ ९ गते अनुमति पाएको थियो।


Share this with your friends: