बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2022-04-04
बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज(चैत २१ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १६ गतेदेखि आम सर्वसाधारणका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँको रु.१०० अंकित दरका १८ लाख २७ हजार ९७० कित्ता सेयर आईपीओ निष्कासन गरेको हो । 

निष्कासन गरिएको कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा चैत २१ गते र ढिलोमा चैत ३० गते बैंकिङ समयपछि हुनेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


Share this with your friends: