बाढीका कारण अष्ट्रेलियाका बीमकको आयमा कमी आउने अनुमान, पुनर्बीमा मूल्य समेत प्रभावित बन्न सक्ने

2021-04-01
बाढीका कारण अष्ट्रेलियाका बीमकको आयमा कमी आउने अनुमान, पुनर्बीमा मूल्य समेत प्रभावित बन्न सक्ने

काठमाण्डौ । अष्ट्रेलियामा हालै आएको बाढीका कारण त्यहाँका जनरल इन्स्योरेन्स कम्पनीहरुको अन्डरराइटिङ मार्जिन र आयमा दबाब पर्ने अनुमान गरिएको छ। देशको पूर्वी तथा दक्षिणपूर्वी भागमा आएको बाढीका कारण यो सातासम्म करीब ९ हजार दाबी परेको छ। 

एएम वेष्टका अनुसार बितेका केहि वर्षहरुमा मौसम सम्बन्धि घाटाहरुमा अष्ट्रेलिया औसतभन्दा माथि रहेको छ। इन्स्योरेन्स काउन्सिल अफ अष्ट्रेलियाका अनुसार बितेका दुई वर्षको अवधिमा मौसम तथा प्राकृतिक प्रकोपका कारण बीमा कम्पनीहरुले ८ बिलियन डलर बराबरको घाटा व्यहोरेका छन्। 

अहिले आएको बाढीका कारण घरेलु सम्पत्ति, मोटर व्यापार, व्यवसाय अवरोध र कृषि क्षेत्रबाट अत्यधिक दाबी पर्न सक्ने अनुमान गरिएको छ। जसको परिणाम स्वरुप पुनर्बीमा मूल्य प्रभावित बन्न सक्ने प्रक्ष्येपण गरिएको छ। 

यतिबेला अष्ट्रेलियाका बीमकहरु कोरोना महामारीका कारण व्यापार व्यवसायमा आएको अवरोधको दाबीको सामना गरिरहेका छन्।  

 


Share this with your friends: