बुटवल पावरको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2021-12-26
बुटवल पावरको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४३८.७३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४८२.६० रुपैयाँ कायम थियो । 

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 


Share this with your friends: