बैंक तथा बीमा कम्पनीलाई नविकरणीय ऊर्जामा लगानी गर्न प्रोत्साहित गर्दै बेलायत, हरित वित्त केन्द्र स्थापना गरिने

2021-02-21
बैंक तथा बीमा कम्पनीलाई नविकरणीय ऊर्जामा लगानी गर्न प्रोत्साहित गर्दै बेलायत, हरित वित्त केन्द्र स्थापना गरिने

काठमाण्डौ । बेलायतले बैंक तथा  बीमा कम्पनीलाई नविकरणीय उर्जा र दिगो कृषिमा लगानी गर्न प्रोत्साहित गर्न हरित वित्त केन्द्रको व्यवस्था गर्ने भएको छ । बेलायत सरकारले लन्डन र लिड्समा यस्तो केन्द्र स्थापना गर्ने तयारी गरेको हो । 

यी दुई शहरहरुमा नयाँ हरित वित्त तथा लगानी केन्द्र स्थापना हुनेछ । जुन आउँदो अप्रिल महिनादेखि सञ्चालनमा आउनेछ । यी केन्द्रहरुको मुख्य उदेश्य वित्त तथा बीमा कम्पनीहरुलाई लगानी सम्बन्धी निर्णयहरु लिनका लागि डेटा र विश्वेषणहरु उपलब्ध गराउनु हुनेछ ।

बेलायति प्रधानमन्त्रि बोरिस जोनसनले बेलायतलाई वातावरण सुरक्षाको मामिलामा विश्वको अग्रेणी नेतृत्वकर्ताको रुपमा उभ्याउने बताएसँगै हरित वित्त केन्द्रको स्थापनाको घोषणा भएको हो । नोभेम्बर महिनामा स्कटल्याण्डको ग्लास्गोमा हुन गईरहेको संयुक्त राष्ट्र संघको वातावरण परिवर्तन सम्बन्धी बैठकपूर्व प्रधानमन्त्रि बोरिसको यस्तो अभिव्यक्ति आएको हो । 
बोरिसनले सन् १९९० को तुलनामा बेलायतको हरित ग्यास उत्सर्जन ६८ प्रतिशतले घटाउने प्रतिबद्धता जाहेर गरेका छन् । यसलाई उनले सन् २०५० भित्र हरित ग्यास उत्सर्जनलाई निर्मुल पार्ने“नेट जिरो” अभियानको हिस्साको रुपमा व्याख्या गरेका छन् । 

बेलायतको क्लिन ग्रोथ मिनीस्टर आना म्यारीले निजी पूँजी र स्वतन्त्र बजारको शक्ती बिना नेट जीरो टार्गेटको लक्ष्यलाई हासिल गर्न नसकिने बताएकी छन् । यसका साथै उनले हरित वित्त केन्द्रले वित्तीय सेवा प्रदायकहरुलाई लगानीको क्षेत्र परिवर्तन गर्न र कम वातावरणीय क्षतिमा संलग्न क्षेत्र र कम्पनीहरुमा लगानी केन्द्रित गर्न प्रोत्साहित गर्ने बताएकी छन् । 
सरकारले यो योजनामा १३.८ मिलियन अमेरिकी डलर लगानी गर्नेछ र यसमा युनिर्भसिटी अफ अक्सफोर्ड, युनिर्भसीटी अफ लिड्स र इम्पेरियल कलेज अफ लन्डन जस्ता बेलायति विश्वविद्याहरुहरु साझेदारका रुपमा रहेछन् । 

 


Share this with your friends: