बोटलर्स नेपालद्वारा पुरानो लाभांस रकम बुझिलिन आग्रह

2022-02-20
बोटलर्स नेपालद्वारा पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । बोटलर्स नेपाल(तराई) लिमिटेडले लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले ३० औँ वार्षिकसाधारण सभा(आर्थिक वर्ष २०७२/७३)बाट पारित भएको नगद लाभांस कतिपय सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त नगद लाभांस नलिएकाले बुझिलिन आग्रह गरेको हो । 

यसका लागि संस्थाले आफ्नो परिचयपत्रका साथ कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नारायणचौर नक्साल काठमाण्डौमा सम्पर्क राख्न आग्रह गरेको छ । 

अन्यथा बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ । 


Share this with your friends: