बोनस सेयरका लागि ङादी गुप्र पावर कम्पनीको सेयरमूल्य समायोजन

2021-09-03
बोनस सेयरका लागि ङादी गुप्र पावर कम्पनीको सेयरमूल्य समायोजन

काठमाण्डौ ।  ङादी गुप्र पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज कम्पनीद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरिएको हो । 

कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ८०७.५० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९६९ रुपैयाँ कायम थियो । 
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस कम्पनीको आगामी असोज ३ गते आयोजना हुन गईरहेको कम्पनीको ८ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 


Share this with your friends: