बोनस सेयरका लागि यी ५ कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2022-01-05
बोनस सेयरका लागि यी ५ कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले पाँचवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले जनउत्थान लघुवित्त कालिका लघुवित्त, मल्टीपर्पस फाइनान्स,पोखरा फाइनान्स र छ्याङदी हाइड्रोपावरको सेयरमूल्य समायेजन गरेको हो ।  

नेप्सेले जनउत्थान लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २३८३.२०,कालिका लघुवित्तको ११६३.७२, मल्टीपर्पस फाइनान्सको ४१६.८१,पोखरा फाइनान्सको ४४०.४३ र छ्याङदी हाइड्रोपावरको ३९६.१५ रुपैयाँ निर्धारण गरिएको छ ।  

अघिल्लो कारोबार जनउत्थान लघुवित्तको सेयरमूल्य प्रतिकित्ता २९७९, कालिका लघुवित्तको १३१५, मल्टीपर्पस फाइनान्सको ४७१,पोखरा फाइनान्सको ४७६ र छ्याङदी हाइड्रोपावरको सेयरमूल्य प्रतिकित्ता ४८५ रुपैयाँ थियो । 


Share this with your friends: