बोनस सेयरका लागि यी दुई कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2022-01-06
बोनस सेयरका लागि यी दुई कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दुरुईवटा कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले गुह्ेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले गुह्ेश्वरी मर्चेन्टद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायेजन गर्दै प्रतिकित्ता ४५४.४५ रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै श्री इन्भेष्टमेन्टद्वारा प्रस्तावित ७.७० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४४१.९७ रुपैयाँ तोकेको छ । 
अघिल्लो कारोबार दिन गुह्ेश्वरी मर्चेन्टको सेयरमूल्य प्रतिकित्ता ४९९.९० रुपैयाँ र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सेयरमूल्य ४७६ रुपैयाँ थियो । 

गुह्वेश्वरी मर्चेन्टले गत आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र  ०.५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ लाभांस र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले ७.७ प्रतिशत बोनस सेयर र ३।३ प्रतिशत नगद लाभांस गरी कुल ११ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ ।  


Share this with your friends: