भारतको अनलाइन इन्स्योरेन्स प्लेटफमद्वारा आईपीओ निष्कासनको तयारी

2021-04-08
भारतको अनलाइन इन्स्योरेन्स प्लेटफमद्वारा आईपीओ निष्कासनको तयारी

काठमाण्डौ । भारतको अनलाइन इन्स्योरेन्स प्लेटफर्म पोलिसीबजारले ५ सय मिलियन डलर बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। 

सफ्ट ब्यांक गुप्र कर्पद्वारा समर्थित स्टार्टअप कम्पनी पोलिसीबजारले यो वर्षको अन्त्य अघि लिस्टीङ हुने योजना बनाएको छ। आईपीओ निष्कासनपश्चात कम्पनीको मूल्य ३.५ बिलियन अमेरिकी डलर पुग्नेछ। आईपीओ निष्कासनका लागि छलफल जारी रहेको र अन्तिम निष्कर्ष आउँदासम्म यसको आकार र समयतालिका परिवर्तन हुने सक्ने जनाइएको छ। यद्यपी पोलिसीबजारका प्रतिनिधिले नियामक निकायबाट आईपीओ निष्कासनका लागि कुनै पनि अनुमति प्राप्त नभईसकेको बताएका छन्। 

पोलिसीबजार सन् २००८ मा स्थापना भएको कम्पनी हो। जसले आफ्नो ग्राहकहरुलाई विभिन्न अटो, स्वास्थ्य, जीवन तथा व्यक्तिगत बीमा पोलिसीहरु दाज्ने अवसर प्रदान गर्ने गर्दछ। यो पोर्टलमा वार्षिक रुपमा १०० मिलियन ग्राहकले भिजिट गर्ने गर्दछन्। यस्तै पोर्टलमार्फत मासिक रुपमा करीब ४ लाख बीमा पोलिसीहरु बिक्री हुने गर्दछ।    

 


Share this with your friends: